सामान्य किसान परिवारमा चन्द्र कुमार भोम्जनको जन्म भएको थियो । भोम्जन परिवारको २५ रोपनी खेती योग्य जग्गा छ, जसमा सिंचाई उपलब्ध छैन । चन्द्र कुमारले परम्परागत कृषिलाई सुधार गर्दै सहकारी संस्था, स्थानीय कृषि कार्यालय, उद्योग वाणिज्य संघ आदिबाट बिभिन्न समयमा तालिमहरु लिए । तालिम लिएपछि उनले व्यवसायिक तरकारी खेती सुरु गरे । विभिन्न सहकारी संस्था तथा व्यक्तिबाट ऋण लिएर कृषिमा सुधार गर्नुका साथै थप उत्पादन गरी व्यावसाय अगाडी बढाउने क्रममा परम्परागत पेशा व्यवसायलाई सुधार गर्दै युवाहरुलाई रोजगार बनाउने तथा विपन्न वर्गको आर्थिक स्थिति उकास्ने उद्देश्यले थाहा नगरपालिका ११ स्थित मेत्राङ बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य लिए । सहकारी संस्थामा नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम लागु भएपछि स्वरोजगार कोषको कर्जाबाट चन्द्र कुमारलाई एक लाख ५० हजार रुपैयाँ लगानी भएको थियो ।
सफलताको कथामा यस पटकः
नामः चन्द्र कुमार भोम्जन
ठेगानाः थाहा नगरपालिका–११, डाँडीघाट
उमेरः ३५ बर्ष
लगानी गर्ने सहकारीः मेत्राङ बचत तथा ऋण सहकारी संस्था लि. थाहा नगरपालिका वडा नं. ११
स्वरोजगार व्यवसायः कृषि
ऋण रकमः एक लाख पचास हजार रुपैयाँ
लगानी मितिः २०७३ साल फागुन ९ गते
परिवार संख्याः ५ जना
कर्जा प्राप्त गरेपछी उनले हाल परम्परागत मौसमी तरकारी खेतिलाई परिस्कृत गर्दै टनेलमा आधारित बेमौसमी तथा हरियो तरकारी तथा मसलाजन्य (लसुन, अदुवा) उत्पादन गर्ने क्रममा २०७४ साल मंसीरमा भोम्जन कृषि फर्म दर्ता गरी व्यवसायिक उत्पादनलाई अझ बिस्तृत बनाउँदै लग्नुभयो । हाल उहाँको फर्ममा परिवारका २ जना बाहेक नियमित अन्य २ जना गरि ४ जनाले नियमित रोजगारी पाइरहेका छन् । साथै परम्परागत औजारका साटो हाल उन्नत प्रविधिको ट्याक्टर लगायतको मेसिन औजार प्रयोग गरिरहनु भएको छ ।
सुरुवातमा ५ वाटा प्लास्टिक टनेलबाट सुरु गर्नुभएकोमा व्यवसायमा हाल २५ वटा टनेलमा बेमौसमी हरियो तरकारीहरु उत्पादन गरिरहनु भएको छ । हाल आम्दानी राम्रो भएकोले घरायसी खर्च गरी बाँकी रकम सहकारीहरुमा मासिक रुपमा बचत गर्दै उनले हाल मासिक बचतमा वृद्धि गरेका छन् । सहकारीमा नियमित बचत तथा किस्ता वुझाइरहेका छन् । आर्थिक अवस्थामा अझ प्रत्यक्ष सुधार भई हालसम्म मासिक औषत पचास हजारभन्दा बढी मासिक खुद नाफा बचत गर्न सफल भएका छन् । उनले स्वरोजगार कोषबाट वेरोजगार लाई यसरी ऋण लगानी गरेर कृषिमा आधारीत रोजगारको अवसर प्राप्त गरि जीवनस्तर सुधार तथा आय आार्जनमा बृद्धि गरी नमुना कृषक बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।