प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै मन्त्री मोक्तान

हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमारी मोक्तानले परिवर्तनका पक्षधर पत्रकारहरुले देश र जनताको पक्षमा पार्टीले गरेका संस्थागत निर्णयहरुलाई प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा प्रेस सेन्टर मकवानपुरको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताउनुभएको हो ।

प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य दिँदै सामाजिक विकासमन्त्री मोक्तान
प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलन उद्घाटन गर्दै सामाजिक विकासमन्त्री मोक्तान

‘परिवर्तनको पक्षमा रहेका पत्रकारहरुले धेरै गर्नुपर्छ भनेका छैनौं’, मन्त्री मोक्तानले भन्नुभयो देश र जनताको हितमा पार्टीले कयौं राम्रा कामहरु गरेका छन् । पार्टीका तिनै संस्थागत निर्णयहरु जनतासम्म पुर्याउन सकियो भने धेरै हुन्छ ।’ चल्दै नचलेको रेलको प्रचार गरेर केपी ओली पार्टी चलाएको भन्दै मन्त्री मोक्तानले आफ्ना नेतृत्व र माओवादीले गरेका कामहरु यस पार्टीसँग आस्था राख्ने पत्रकारहरुले स्पष्ट रुपमा जनतासामु लानुपर्ने बेला आएको बताउनुभयो । एमसीसी माओवादीले रोकेको स्पष्ट हुँदाहुँदै सार्वजनिक रुपमा यसो भन्न नसक्नु माओवादी पक्षधरहरुको कमजोरी भएको उहाँको भनाई थियो ।

प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनबाट निर्वाचित टिम र अतिथिहरु

पार्टी र यसका नेतृत्व प्रचण्डलाई १७ हजार मानिसको हत्यारा भन्ने प्रश्न उठिरहेको सन्दर्भमा मन्त्री मोक्तानले यसको सम्पूर्ण दोष तत्कालीन राज्यसत्तालाई जाने बताउनुभयो । मुलुकको हीतमा केही एजेण्डाहरु उठाउँदा तत्कालीन अवस्थामा राज्यले आम नागरिकमाथि प्रतिबन्ध लगाएको र मानिसहरुलाई हत्या गरेकोले १७ हजार मारिनुमा राज्यपक्ष जिम्मेवार भएको उहाँको दाबी छ । राष्ट्र र राष्ट्रियताको पक्षमा माओवादीले गरेका कामहरु खोज्ने हो भने समाचारका विषयहरु प्रशस्त निस्कने मन्त्री मोक्तानको भनाई थियो ।

प्रेस सेन्टरको अधिवेशनलाई शुभकामना दिँदै मन्त्री मोक्तानले एकबद्ध भएर संगठन अघि बढाउनु सुझाव दिनुभयो । सेन्टरका सदस्यहरुलाई निर्धक्क भएर सत्यतथ्य खोजी गरी लेख्न आग्रह गर्दै उहाँले आवश्यक परेको बखत पार्टीबाट जस्तोसुकै सहयोग गरिने बताउनुभयो ।

प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै प्रेस सेन्टरका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का
प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का
प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट
शुभकामना मन्तव्य दिँदै नेकपा (माओबादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन
सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर
प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनमा सहभागीहरुलाई स्वागत गर्दै सेन्टर थाहा नगरपालिका अध्यक्ष इच्छापूर्ण कार्की

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विष्णु बिष्ट ‘आदर्श’, माओबादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टीका थाहा नगर अध्यक्ष अरुण रायमाझी, ३ नम्बर वडाध्यक्ष राजेश केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर मकवानपुरकी संयोजक अञ्जली थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री एवं नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टरका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्काको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बाम वुद्धिजिबी ऋषिराम पोखरेल, अग्रज पत्रकार कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिबद्धता मन्तव्य दिँदै प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष थापा

पाँचौ जिल्ला सम्मेलनले पुनः अञ्जली थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा चयन भएका छन् ।

समितिको सदस्यहरुमा सरला अधिकारी, नवराज वाईबा, उमेश राई, अर्जुन संजेल, नुजाता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश गरिब, मञ्जु मैनाली, मनिता दानी, सानुबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।

त्यस्तै, सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधितर्फ कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई चयन गरेको छ । सेन्टरको प्रदेश प्रतिनिधितर्फ ध्रुब अधिकारी, राजु शास्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादब चौलागाईं, मिना श्रेष्ठ, अशेष ढुङ्गाना, भावना रिजाल, रञ्जिता डंगोल र अजिव भट्टराई चयन भएका छन् ।