हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । बागमती गाउँपालिका—४ नम्बर वडाको झुरझुरे खेलमैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वडा नम्बर १ बोटगाउँ बीच प्रतिस्पर्धा भएको थियो । आयोजकले वडा नम्बर १ बोटगाउँलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो ।

प्रतियोगिताको विजेता हुने टिमले नगद ६० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्, भने उपविजेता टिमले नगद ३० हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र विधागत तर्फ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमायाँ स्याङ्तान, बागमती गाउँपालिकाका कार्यकारी प्रमुख दीलिप कुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । वडा स्तरीय आयोजक समितिका अध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवापुरका सचिवालय सदस्यहरु प्रमिला पुलामी, ज्ञान सागर भोलन, बागमती गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष भीम राई, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाका अध्यक्ष अरुण बल, बागमती गाउँपालिकाका वडा नं.१ का अध्यक्ष ठगेन्द्र वाईबा, वडा नं. २ का अध्यक्ष जगत बहादुर भोलन, वडा नं. ३ का अध्यक्ष बल बहादुर पाख्रिन, वडा नं. ४ का अध्यक्ष रहर सिं थिङ, वडा नं. ५ का अध्यक्ष बुद्धिमान पाख्रीन, वडा नं. ६ का अध्यक्ष ध्रुब थापा, वडा नं. ७ का अध्यक्ष दिल्ली प्रसाद घोरासैनी, वडा नं. ८ का अध्यक्ष धन बहादुर योन्जन, वडा नं. ९ का अध्यक्ष मदन गुरुङ, जनता माविका प्रधानाध्यापक बसन्त राई, देबकी माबिका हस्त बहादुर थिङ, बुद्ध माबिका तिलक पाख्रीन लगायतको आतिथ्यता रहेको थियो ।