जर्सीको साथमा स्थानीय खेलाडीहरुबीच युवा नेता घलान

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका सदस्य तथा युवा नेता लिलाकुमार घलानले खेलाडीहरुलाई १ सेट जर्सी सहयोग गर्नुभएको छ ।

नेता घलानले हेटौंडा उपमहानगरपालिका–१५, अन्तर्गत नयाँ स्कुलरोड टोल विकास संस्थाका खेलाडीलाई जर्सी सहयोग गर्नुभएको हो ।

खेलमा लगाव भएका स्थानीय युवाहरूलाई हौसला दिँदै स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको नेता घलानले बताउनुभयो । उहाँले आगामी दिनमा पनि विभिन्न क्षेत्रमा आवश्यक सहयोग आफ्नो तर्फबाट निरन्तर हुने बताउनुभयो ।