हेटौंडाः सञ्चारकर्मी अर्जुन सञ्जेललाई पितृशोक परेको छ । उपचारको क्रममा रहेका सञ्जेलका पिता ६२ वर्षीय यदुनाथ सञ्जेलको असोज ९ गते शनिबार साँझ ४ः३० बजे निधन भएको हो ।
रेडियो सन्देशमा प्राविधिक प्रमुखका रुपमा कार्यरत सञ्जेलका पिताको निधन भएकोमा शोक व्यक्त गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रेडियो सन्देशका स्टेशन म्यानेजर सुनिल खड्काले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पनि शोक वक्तव्य जारी गरेको छ । महासंघका कार्यसमिति सदस्य सञ्जेलका पुजनीय पिता यदुनाथ सञ्जेलको धुलिखेल अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएकोमा दुःख व्यक्त गर्दै महासंघले शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

यस दुःखद् घडीमा प्रेस संगठन मकवानपुरले शोक वक्तव्य जारी गरेको छ । संगठनका सदस्य सञ्जेलका पिताको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै संगठनका संयोजक अञ्जली थापाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यस दुःखद् घडीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले शोक वक्तव्य जारी गरेको छ । महासचिव कृष्ण सारुमगरले शोक वक्तव्यमार्फत हेटौंडा उपमहानगरपालिका १ निबासी स्वर्गीय यदुनाथ सञ्जेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।