हेटौंडाः नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष तथा नेपाल प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रूपेश दुलाललाई पितृशोक परेको छ ।

दुलालका पिता ६० वर्षीय वेदप्रसाद दुलालको गएराति भरतपुर अस्पतालमा निधन भएको हो । पारीवारिक स्रोतका अनुसार फोक्सोमा समस्या देखिएपछि उनको गत जेठ ६ गतेदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।