हेटौंडाः नेकपा विवाद र सर्वोच्च अदातलको निर्णयले पुरानै पार्टीहरु व्युँतिएपछि नेकपाका सबै समूहहरु सक्रिय बनेका छन् । यसै क्रममा नेकपा (माओवादी केन्द्र)ले पनि आफ्नो गतिबिधि बढाएको छ । सो पार्टीले संगठन निर्माण अभियानसँगै पार्टी कार्यालयहरु स्थापनालाई तिब्रता दिएको हो । यसै क्रममा बुधबार हेटौंडा–१ मा नेकपा (माओवादी केन्द्र)ले वडा कार्यालयको उद्घाटन गरेको छ ।

नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज प्रेम बहादुर पुलामी (छिन्तु)ले रिबन काटेर वडा सम्पर्क कार्यालयको उद्घाटन गरेका नेकपा (माओवादी केन्द्र), मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिए ।

वडा सम्पर्क कार्यलय उद्घाटन लगत्तै वडा कमिटी इन्चार्ज अजयसिं लामाको अध्यक्षतामा बसेको विस्तारित बैठकले योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को वडा भेला आयोजक कमिटी गठन गरेको छ । कमिटीको संयोजकमा ध्रुव थापा चयन भएका छन् । यस्तै, अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला आयोजक समिति बनेको छ । समितिको संयोजकमा शान्ता अधिकारी चयन भएकी छन् । त्यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ वडा भेला आयोजक समिति संयोजकमा सरोज पौडेल चयन भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ललित घलान, हेटौंडा उपमहानगरपालिका पार्टी कमिटी इन्चार्ज विवेक राई, माओवादी नेता मान बहादुर लामा, नगर सल्लाहकार पुस्क बहादुर थापा, केशब गौतम लगायतको उपस्थिति रहेको थियो ।