हेटौंडाः रोट्र्याक क्लब अफ मकवानपुरले वर्ष सन् २०२१/२२ का लागि नेतृत्व चयन गरेको छ । सोमबार बसेको क्लबको बैठकले आगामी कार्यकालको लागि अध्यक्षमा प्रतिक्षा न्यौपाने र सचिवमा प्रदीप कुमार राईलाई चयन गरेको हो ।

क्लबको स्थापनाकालमा कोषाध्यक्ष, इन्टरनेशनल सर्भिस डाइरेन्टर र उपाध्यक्षको भूमिकामा रहेर काम गरिसकेकी न्यौपानेलाई वर्ष २०२१/२२ का लागि अध्यक्ष चयन गरेको क्लबले जनाएको छ । त्यस्तै क्लबको सदस्य र सहसचिवको भूमिका निर्वाह गरिसकेका राईलाई सचिवमा चयन गरिएको हो । क्लबका अध्यक्ष महेन्द्र रानाको अध्यक्षतामा भएको बैठकमा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्षहरु विजय पौडेल, क्लबका कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

सन् २०१५/१६ मा रोटरी क्लब अफ मकवानपुरको मातृत्वमा रोट्र्याक क्लब अफ मकवानपुर स्थापना भएको हो । अध्यक्षमा चयन भएकी न्यौपानेले सामाजिक कार्यसँगै क्लबमा आबद्ध युवाहरुको नेतृत्व विकासमा लागिपर्ने प्रतिबद्धता जनाइन् ।