हेटौंडाः नेकपा एमाले मकवानपुरले जेठ १५ भित्र वडा–वडामा पार्टी कमिटी बनाउने निर्णय गरेको छ । यसका लागि सो पार्टीले मकवानपुरमा डेढ महिने संगठन विस्तार तथा पार्टी कमिटी निर्माण अभियान सञ्चालन गर्ने भएको हो । अध्यक्ष मुनु सिग्देलको अध्यक्षमा सोमबार भएको जिल्ला बैठकले यस्तो निर्णय गरेको एमाले मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए ।
‘जेठ १५ सम्ममा वडा तहमा समेत पार्टी कमिटीहरु गठन गरिनेछ, जनसंगठनका जिल्ला, क्षेत्र र पालिकास्तरका भेलाहरु हुनेछन्,’ अध्यक्ष सिग्देलले भनिन्, ‘आवश्यकता अनुसार रिक्त पदहरुमा मनोनयन पनि पनि गरिनेछ, नयाँ नेतृत्व पनि चयन हुनेछ ।’
‘नयाँ वर्षसँगै नयाँ उत्साहका साथ पार्टी कामलाई अघि बढाउने निर्णय भएको हो,’ अध्यक्ष सिग्देलले भनिन्, ‘पार्टी काम विस्तार र सुदृढीकरणका लागि जिल्ला कमिटीमा केही सदस्यहरु मनोनयनसँगै ३८ सदस्यीय सचिवलाय पनि गठन गरिएको छ ।’ बैठकले एमालेले प्रचार विभागको जिम्मेवारी सचिवालय सदस्य रामकुमार एलनलाई दिने निर्णय पनि गरेको थियो ।