सांकेतिक तस्वीर

हेटौंडाः वागमती प्रदेश सरकारले कोरोनाको परीक्षण र उपचार साविक बमोजिम निःशुल्क हुने बताएको छ । संघीय सरकारले संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्ने, सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिने व्यवस्था लागू गरिसकेको अवस्थामा प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । साथै प्रदेश सरकारले दसैंमा पनि कोरोना परीक्षण जारी राख्ने जनाएको छ ।

दसैंको बिदामा पनि परीक्षण र उपचार हुने जनाउँदै प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले भने, ‘प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड–१९ को परीक्षण र उपचार साविक बमोजिम निःशुल्क हुनेछ ।’ प्रदेश सरकार अन्तर्गत हेटौंडा र धुलिखेल गरी दुईवटा प्रयोगशालामा दसैंभर परीक्षणको तयारी पूरा गरिएको मन्त्रालयका सूचना अधिकारी डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार दुईवटा प्रयोगशालामा गरी दैनिक छ सय स्वाब परीक्षण हुनेछन् । -इकान्तिपुरबाट