हेटौंडाः नयाँ नेपाली म्युजिक भिडियो ‘के लाई हेरेकी’ टोलीले उपत्यकाका एक हजार जनालाई मास्क र स्यानिटाईजर वितरण गरेको छ । टोलीले उपत्यकाको विभिन्न स्थानहरुमा गएर मास्क तथा स्यानिटाईजर वितरण गरेको हो ।

भिडियोका नयाँ कलाकार स्याण्डी सडौला र गुमनामले संयुक्त रुपमा भिडियोको प्रचाप्रसारको लागि उक्त कार्य गरेको भिडियोकी निर्मात्री तथा संचारकर्मी अञ्जली थापाले बताइन् । म्युजिक भिडियो एक हप्तामा ७ लाख दर्शकले हेरेका छन् । गत आईतबार सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो युट्युबको ट्रेन्डिङमा १४ नम्बर सम्म पुगेको थियो । चर्चित संगितकार राजेन्द्र शिबाकोटीको स्वर रहेको यस भिडियोमा कलाकारहरु नाजिर हुसेन, बर्षा राउतसँगै नयाँ कलाकार स्याण्डी सडौलाको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक सान थापाले निर्देशन गरेका छन् । रोशनीको शब्द रहेको गीतमा गुमनामको म्युजिक रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको यस गीतमा कविराज गहतराजको कोरीयोग्राफी रहेको छ । भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ । गीतको भिडियो फिल्मी शैलीमा बनेको छ । भिडियो निर्मात्री संचारकर्मी थापा रासस मकवानपुरको संवाददाता रहेकी छिन्, भने प्रेस संगठन मकवानपुरकी सहसंयोजक हुन् ।

म्युजिक भिडियो :