हेटौंडाः मकवानपुरकी संचारकर्मी अन्जली थापाद्वारा निर्मित म्युजिक भिडियो ‘के लाई हेरेकी’ युट्युबको ट्रेन्डिङमा छ । सार्वजनिक भएको भोलिपल्टै ट्रेन्डिङमा परेकोमा उक्त म्युजिक भिडियोले निरन्तर भ्युज पाउँदै मंगलबार साँझसम्म युट्युब ट्रेन्डिङको २३औं नम्बरमा पर्न सफल भएको हो ।
थापाको जन्मदिनको अवसरमा आईतबार 8K एभरेष्ट मोशन पिक्चर्स 8K Everest Motion Pictures नामक युट्यब च्यानल मार्फत म्युजिक भिडियो सार्बजनिक गरीएको हो । गीतमा स्वर गायक राजन राज शिवाकोटी रहेको छ भने शब्द रोशनीको रहेको छ। यस गीतलाई गुमनामले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ।
सान थापाको निर्देशनमा तयार पारिएको भिडियोको कोरीयोग्राफी कबिराज गहतराजको रहेको छ । फिल्मी शैलीमा बनेको म्युजिक भिडियोमा नाजिर हुसेन, बर्षा राउत र स्याण्डी सडौला मुख्य भुमिकामा रहेका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन् गरेका हुन् । गीतको म्युजिक भिडियोलाई संचारकर्मी थापाले ५ लाख लगानीमा निर्माण गरीएको बताएकी छन् । राष्ट्रिय समाचार समिति (रासस)को संवाददाता थापा प्रेस संगठन मकवानपुरकी सहसंयोजक हुन् ।
म्युजिक भिडियो