किसानलाई हाते ट्रयाक्टर हस्तान्तरण गर्दै मेयर महत

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कृषकलाई हाते हाते ट्रयाक्टर वितरण गरेको छ ।

नगर परिसरमा आज मंगलबार आयोजित एक कार्यक्रमका बीच मेयर हरिबहादुर महतले किसानलाई ३ थान हाते ट्रयाक्टर अनुदान स्वरुप हस्तान्तरण गरेका हुन् ।

व्यवसायिक कागती खेतीलाई प्रबर्द्वन गर्न हेटौंडा उपमहानगरपालिका–१, नकौलिका ३ वटा कृषक समुहलाई अनुदान स्वरूप हाते ट्रयाक्टर बितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।