सांकेतिक तस्वीर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७ न्युरेनीमा मोटरसाईकल दुर्घटनामा हुँदा २ जना घाईते भएकामा एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमा पछाडी सवार बकैया गाउँपालिका–५ राजदमारका ३१ वर्षीय ईन्द्र बहादुर थिङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका थिङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक बकैया–५ का २१ वर्षीय जुत्ते घलानको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

मंगलबार दिउँसो हेटौंडाबाट बकैया जाँदै गरेको ना १५ प ५१७० नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर रोकि राखेको ना ६ ख ६७५३ नम्बरको टिपरसँग ठाक्किँदा दुर्घटना भएको थियो ।