हेटौंडाः नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देललाई कोरोना भाइरस सक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छिन् ।

उनले सामाजिक संजाल (फेसबुक) मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको र सुरक्षित तरिकाले होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन् ।

फेसबुकमा पोष्ट गर्दै उनले भनेकी छन्, ‘म अहिले काठमाडौं मा छु । आस्विन ५ गते हेटौंडाबाट आएको । सामान्य रुघाखोकी लागेकोले pcr test गराए, report पोजेटिभ आएकोले घरमै self isolation मा छु, मेरो अवस्था सामान्य रहेको छ।’