सांकेतिक तस्विर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

आज बिहान विद्युत आपूर्ति गडबड हुँदा उद्योगको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रहरीका अनुसार हेटौंडा उपमहानगरको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको हो । आगलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुममान गरिएको छ ।