गजलकार युवराज विश्वकर्मा

युवराज विश्वकर्मा/
कहिलेसम्म कोरोनाको, कहरमा खै चल्छ जीवन
मानवाता नभाको यो, सहरमा खै चल्छ जीवन
अभावको खाल्डो भित्र तड्पिएर सधैँभरि,
कुन खुशीले अधुरा लौ, रहरमा खै चल्छ जीवन !

आधा यात्रा नटुङ्गिदै, बाटोहरु छेकिएसी
भाग्य कोर्ने कलमद्वारा, अन्धकार लेखिएसी
बिलाइ गए आशा सबै, केवल डरको भुमरिमा,
कसोगरी यो संकटको, लहरमा खै चल्छ जीवन !!

भाग्न कहाँ सकिन्छ र, मान्छे सङ्गै डराएर
निस्कृय भइ बस्नु रे, आफै बाट हराएर
भोलि खुल्ला पञ्छी भइ, उड्न पाइन्छ भन्ने,
कतिन्जेल कल्पनाको, सगरमा खै चल्छ जीवन !!!

उठाउन हिचकिच हुने, बढ्दा यी लासहरु
देखेर सब हरेस खाइ, आतिन्छन् सहासहरु
अझै हत्या, बलात्कार र भ्रष्टाचारको कुरा,
छुँदा समेत मुटु पोल्ने, जहरमा खै चल्छ जीवन !!!!