बाल पुर्नस्थापना केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई राहत सामग्री हस्तान्तरण गर्दै केन्द्रकी अध्यक्ष दिपा गुरुङ, साथमा गैसस महासंघ मकवानपुरकी कार्यवाहक अध्यक्ष सापकोटा ।

हेटौंडाः “सामाजिक क्षेत्रः राष्ट्रिय गौरवको गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपमान्तरण र उद्यमशीलता” भन्ने मुल नारा सहित मनाइएको ४१औँ सामाजिक सेवा दिवसको अवसरमा नारी संरक्षण केन्द्रले अपांग बाल पुर्नस्थापना केन्द्रलाई सहयोग गरेको छ ।

केन्द्रले हेटौंडा उपमहानगरपालिका–१४ स्थित अनाथ अपांग बाल पुर्नस्थापना केन्द्रमा खाद्य सामग्री सहयोग गरेको हो । पुर्नस्थापना केन्द्रमा आश्रय लिइरहेका बालबालिकाको लागि दाल, चामल, आलु, मस्यौरा, तेल, विस्कुट लगायत खाद्य सामाग्री वितरण गरिएको नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारले बताए ।

फ्रेन्डस अफ डब्लु.पि.सी नेपालको सहयोग एवम् गैर सरकारी संस्था महासंघ मकवानपुरसँगको समन्वयमा कार्यक्रम भएको हो । केन्द्रकी अध्यक्ष दिपा गुरुङले उक्त खाद्य सामाग्री बाल पुर्नस्थापना केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा गैसस महासंघ मकवानपुरकी कार्यवाहक अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।