नेपालमा वैज्ञानिक वन व्यवस्थापन सम्वन्धि गतिविधी कार्यान्वयनको क्रममा कतिपय स्थानमा त्रुटिपूर्ण कार्य भएको सामाचारहरु समेत आइरहेकै छ । यसको आलावा उक्त विषमा मा.संसद ज्यूहरुको संसदिय टोली स्थलगत रुपमा वस्तुस्थिति अध्ययनको लागि खटिरहेको व्यहोरा समेत संस्थागत रुपमा जानकारी भैरहेकैछ । हाल वैज्ञानिक वन व्यवस्थापनको विषय दिनप्रतिदिन नेपालमा पेचिलो मुद्दाको रुपमा द्ेखा पर्दैछ । यस विषयलाई यथास्थितिमा कार्यान्वयन गर्दै जाँदा सम्बन्धित सरोकारवाला बिच थप अन्यौल बढ्न गई सम्बन्धित सामुदायिक वनबाट वनपैदावार प्राप्त गर्ने वन उपभोतmाको हक समेत कुण्ठित हुने देखिन्छ । साथै वन प्रशासनको वनमा सुशासन कायम गर्ने विषय समेत ओझेलमा पर्न सक्ने सम्भावना रहेकोले यस्ता विषयहरुलाई समयमै समाधान गर्नु अतिआवश्यक छ । वन ऐनमा व्यवस्था भए बमोजिमका वनहरुमा प्राविधिक पक्षलाई दृष्टिगत गरि क्रमागत रुपमा वैज्ञानिक वन व्यवस्थापन लागु गर्नु औचित्य पूर्ण देखिन्छ । मिति २०७७।५।१८ गते वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस,हेटौंडामा कार्यरत वन विज्ञहरुको अन्तर सम्वादबाट निस्किएको तपशिल बमोजिमको ११ बुंदालाई मनन् गरि आवश्यक कार्याथ संघिय संसद प्रतिनिधि सभा अन्तरगतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिलाई संप्रेषण गरिएको छ । उक्त अन्तर सम्वादमा वन विज्ञ विजय कुमार यादव,कृष्ण प्रसाद दहाल, योगेन्द्र यादव, केशवराज आचार्य,ओम प्रकाश प्रसाद कलवार र राजबावु पहाडीको सहभागिता रहेको थियो ।
अतः सो सम्वन्धमा यस अन्तरसम्बादको आधिकारिक धारणा निम्नानुसार वुँदागत रुपमा उल्लेख गरि पठाइएको व्यहोरा अनुरोध छ ।
बैज्ञानिक वन व्यवस्थापन सम्वन्धमा वन विज्ञान अध्ययन संस्थानका तर्फबाट सुझाव
१. वन विज्ञानमा वन सम्वर्धन शास्त्र (Silviculture) अति नै महत्वपूर्ण वैज्ञानिक विधा हो । वन पुनर्नवीकरणीय स्रोत भएको र यसको पुनःउत्पादन, व्यवस्थापन र कटान निश्चीत समय र विधी अनुसार हुनुपर्ने अन्यथा रुखको जैवीक उमेर पछि पुनरउत्पादनमा संख्यात्मक र गुणात्मक दुवै ढंगले ह््रास आउने भएकोले वनको सकृय व्यवस्थापन अपरिहार्य छ ।
२. हाल नेपालमा सञ्चालनमा रहेको बैज्ञानीक वन व्यवस्थापन समेत Silviculture मा आधारीत वन व्यवस्थापन पद्धती हो । यसमा प्रजाती अनुसार वनको उमेर निर्धारण गरी पुराना रुखहरुलाई कटान गर्दै नयाँ विरुवालाई पुनरउत्पादनको लागी खूल्ला गर्ने र यसरी खुल्ला भएको स्थानमा प्राकृतीक पुनरउत्पादन वा बृक्षारोपणबाट उक्त वन क्षेत्रमा नयाँ विरुवालाई प्रोत्साहन गरिने भएकोले बैज्ञानीक वन व्यस्थापन वनको दिर्घकालीन स्वास्थ्यलाई आवश्यक कार्य हो ।
३. बैज्ञानीक वन व्यवस्थापनको व्यवस्थापन योजना दिर्घकालीन हुने (करिव ५० देखि ८० वर्ष) र कटान गरिएको क्षेत्रमा पुनरउत्पादनको लागि कम्तीमा १० वर्ष लाग्ने बैज्ञानिक तथ्यरहेको अवस्थामा २०७१ देखी मात्र कार्यान्वयनमा आएको वन व्यवस्थापन पद्धतीले मात्र ७ वर्ष व्यतीत गरेको अवस्थामा यसको सफलताको मुल्याङ्कनको लागी यो प्रारम्भिक चरणमै रहेको छ ।
४. शैद्धान्तिक पक्षमा कुनै खोट नभएको बैज्ञानिक वन व्यवस्थापन कार्यको कार्यान्वयनको चरणमा भने नेपालमा प्रारम्भमै केहि समस्याहरु देखिएका छन् । जस्तै;
क) नेपालमा विभिन्न वन व्यवस्थापन प्रणाली लागु भैरहेको कुरा विदितै छ । सरकारद्धारा व्यवस्थित वन, साझेदारी वन, सामुदायिक वन र निजि वन जस्ता विभिन्न वन व्यवस्थापन प्रणालीमा बैज्ञानिक वन व्यवस्थापन लागुहुन सक्छ । तर सरकारले आँफूले व्यवस्थापन गरेको सरकारद्धारा व्यवस्थित वन (चक्ला वन) र साझेदारी वनमा यो पद्धती व्यवस्थित रुपमा सुरु गरी यसको सफलता र असफलतालाई लिपिवद्ध गर्दै व्यवस्थित गर्नुपर्नेमा सामुदायिक वनमा केन्द्रित गर्नु र यसको जस अपजस सवै सामुदायिक वन उपभोक्ता समूहलाई दिनु गम्भीर विषय हो ।
ख) बैज्ञानिक वन व्यवस्थापन कार्यकोलागि दिर्घकालीन वन व्यवस्थापन योजना वनाउन बिस्तृत अध्ययन र उचित वन मापन आवश्यक छ । वन प्राविधिकको सानो लापरवाहि र कमजोर प्राविधिक क्षमताले दिर्घकालमा वनको संरचनामै गम्भीर असर पर्ने अवस्था रहेको तथ्यलाई वेवास्ता गरी सरकारी बजेटमा आधारित (टार्गेट) गरि कार्यान्वयन गर्दा कार्यान्वयन पक्षमा कमिकमजोरी देखिएको हो ।
ग) वन व्यवस्थापन गर्ने संस्थाको कमजोर सुशासन र व्यवस्थापकीय क्षमताले समेत यसमा गम्भीर नकारात्मक असर पारेको छ । एकातर्फ सामुदायिक वन उपभोक्ता समुहहरु प्राविधिक रुपमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना कार्यान्वयनमा सक्षम नभएको र अर्कोतर्फ आर्थीक रुपले वन व्यस्थापनको लागि प्रारम्भमा खर्चहुने आर्थीक स्रोत व्यहोर्न असक्षम भएको अवस्थामा काठ व्यवसायीहरुको लगानीमा बैज्ञानिक वन व्यवस्थापन योजना तयारहुने र कार्यान्वयन समेत उनै निजी व्यवसायी मार्फत हुने भएकोले अनुचीत लाभ लिनको लागि रुख कटानकार्यमा बैज्ञानिकता हुन नसकेको तथ्यलाई विर्सन सकिन्न ।
घ) बनको व्यवस्थापनको लागि वन कार्यालय र वन कार्यालयमा कार्यरत कर्मचारीको प्रवृत्ति समेत यसको विकासका लागि बाधक वनेको देखिन्छ । आफ्नो कार्यक्षेत्रमा रहेको कुन वनमा कुन वन सम्वर्धन प्रणाली अपनाई वन व्यवस्थापन गर्ने भन्ने विस्तृत योजना कुनै पनि डिभिजन वन कार्यालय संग छैन । यसरी विना योजना यस्तो दिर्घकालीन कार्य फगत टार्गेट निर्धारण गरि सामुदायीक वन उपभोक्ता समुहलाई वाध्यात्मक अवस्था श्रृजना गरि बैज्ञानीक वन व्यवस्थापन गर्न तयारपार्ने र कार्ययोजना तयार गर्न र यसको कार्यान्वयनको लागि आवश्यक पर्ने श्रोतको लागि काठ व्यवसायी र योजना तयार गर्ने प्राविधिक समेत आफ्नो पक्षका तयार गरि कर्मचारीबाट नितिगत कमजोरी गर्ने परिपाटीले यसको प्राविधीक पक्ष कमजोर र कार्यान्वयन पक्ष अव्यवस्थीत भएको छ ।
यसकारण बैज्ञानिक वन व्यवस्थापनको लागि भविश्यमा तपसिल बमोजिमको सुधार गर्दै यसको निरन्तरता दिनु उपयूक्त हुन्छ ।
१. हरेक डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र कुन वनक्षेत्रमा कुन वन संम्वर्धन प्रणाली अपनाई कति क्षेत्रमा बैज्ञानिक वन व्यवस्थापन गर्ने हो र त्यसबाट कति परिमाणमा काठ दाउरा उत्पादन हुन्छ र त्यसको व्यवस्थापन योजना सहितको विस्तृत कार्ययोजना तयार गर्ने ।
२. बैज्ञानिक वन व्यवस्थापन कार्य सरकार आफैले व्यवस्थापन गरेको वन, साझेदारी वन र सामुदायिक वनमा प्राथमिकताका साथ सघनरुपमा कार्यान्वयन गर्ने ।
३. बैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन गरि उपलब्ध काठको परिमाण र व्यवस्थित वितरण प्रणाली कार्यान्वयन गर्न वन निगमलाई सकृय वनाउने ।
४. बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना तयार गर्न प्राविधिक कार्यको लागि प्रतिस्प्रर्धात्मक प्रावधान द्धारा प्राविधीक सेवा खरिद गर्ने अनिबार्य व्यवस्था गर्ने ।
५. वन प्राविधीकहरुको व्यावसायीक क्षमता अभिबृद्धि गरि जिम्मेवार वनाउन वन परिषद (Forestry Council) विधेयक यसै वर्ष संसदबाट स्वीकृत गरि वन प्राविधिकको पेशागत क्षमतालाई व्यवस्थीत गर्ने र प्राविधीक त्रुटि गर्ने वन प्राविधीकलाई वन परिषद मार्फत दण्डित गर्ने व्यवस्था गर्ने ।
६. हाल बैज्ञानिक वन व्यवस्थापन गरिरहेको सामुदायीक वनहरुमा यसको कार्यान्वयनको लागि वन निगम वा वन विकास कोष जस्ता निकाय मार्फत रकम सापटी दिने व्यवस्था मिलाउने र व्यवस्थापन कार्यबाट उपलब्धहुने वन पैदावार विक्रि वितरण गरि प्राप्त आम्दानीबाट उक्त रकम तिरी बाँकी रकममात्र सम्वन्धीत वन व्यवस्थापन ईकाई ( सामुदायीक वन, साझेदारी वन वा निजीवन समेत) मा आम्दानी बाँधी व्यवस्थीत गर्ने ।
७. बैज्ञानीक वन व्यवस्थापन कार्यान्वयनको प्रत्येक १० वर्षमा बिस्तृत पुनरावलोकन गरि परिमार्जन गर्नेे र हाल बैज्ञानीक वन व्यवस्थापन भैरहेको वनबाट भएको वन पैदावारको आपूर्ती परिमाण र आम्दानीको विवरण हरेक वन व्यवस्थापन ईकाई, डिभिजन वन कार्यालय र प्रदेश वन निर्देशनालय÷मन्त्रालयले अद्यावधिक गरी वार्षिक रुपमा सार्वजनीक जानकारी गराउनुपर्ने व्यवस्था गरी बैज्ञानिक वन व्यवस्थापनलाई निरन्तरता दिनु उचित हुन्छ ।
८. वनको वैज्ञानिक व्यवस्थापन गर्दा पारिस्थतिकय प्राणाली, जैविक विविधता, जलाधार संरक्षण तथा भूवनौट जस्ता तत्वहरुलाई यथावत राखी कार्यान्वयन गर्नु सान्दर्भिक देखिन्छ ।
९.बैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन गर्दा सम्वन्धित सवै सरोकारवालाहरुलाई हरेक कामको चरणहरुमा चरणवद्य रुपमा सहभागि गराउनु पर्ने ।
१०. वनको वैज्ञानिक व्यवस्थापन कार्यान्वयनको लागि छुट्टै वन सम्वर्धन मार्गदर्शन तयार गर्नु पर्ने देखिन्छ ।
११. वन एउदा नवकरणनिय प्राकृतिक स्रोत भएकोले यसलाई नागरिकको जिविकोपार्जन र वन उद्यम संचालनको लागि प्राविधिक रुपमा वनपैदावारहरुको सतत उत्पादन लिने गरि व्यवस्थापन गर्नु पर्ने ।