हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानरपालिकाले यस वर्षको चेतनामूलक तीज विशेष कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने भएको छ । यहाँकी उपमेयर मिनाकुमारी लामाले बिहिबार सूचना जारी तीज विशेष कार्यक्रमबारे जानकारी दिएकी हुन् ।

तीजको शुभकामना दिँदै उपमेयर लामाले कोरोना भाइरसको संक्रमण बढीरहेको अहिलेको परिवेशमा हरितालिका तीज जमघट गरेर मनाउन नसकिएको बताईन् । सूचनामा उनले भनेकी छन्, ‘यसै सन्दर्भमा हेटौंडा उपमहानरपालिकाले सम्पूर्ण नगरबासी महिला दिदीबहिनीहरुसँग भर्चुअल रुपमा भए पनि शुभकामना आदानप्रदान गर्ने र कोभिड-१९ को जोखिम एवम् आहारविहार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले तीज विशेष कार्यक्रमको आयोजना गरेका छौँ । दिदीबहिनीहरुलाई यही भाद्र ५ गते भर्चुअल कार्यक्रममा सहभागी भईदिन सादर आमन्त्रण गर्दछु ।’

भर्चुअल तीज विशेष कार्यक्रममा सहभागी हुनका लागि भाद्र ५ गते (शुक्रबार) बिहान १०ः३० बजे जुम आईडी 2355383113 रहेको छ भने पासवर्ड U94rOj रहेको छ ।