हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रणामी नगर टोल कमिटी गठन भएको छ । मंगलबार भएको एक कार्यक्रममा उद्दब गजुरेलको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन भएको हो ।

कमिटीको सचिवमा यसोदा वाग्ले चयन भएकी छन् । नेकपा प्रणामी नगर टोल कमिटी इन्चार्ज योगनाथ दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा १६ नं. वडा इन्चार्ज जगनाथ रिमाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेकपा हेटौंडा १६ नं. अध्यक्ष अभिनाश गजुरेल, कृष्ण बहादुर राइ, ध्रुब प्रसाद धिताल लगायतको अतिथि थिए । राजन दाहालले संचालन गरेको कार्यकममा डा. बिजय नेपालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।