सांकेतिक तस्वीर

हेटौंडाः मकवानपुरको इन्द्रसरोबरमा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोबर गाउँपालिका–२ कुलेखानी लिपानीका ३६ वर्षीय किताब सिंह घिसिङको भीरबाट लडेर मृत्यु भएको हो ।

असार ३१ गते बुधबार कुलेखानीबाट घरतर्फ जाने क्रममा भीरको गोरेटोबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर राणा मगरले जानकारी दिए । उनका अनुसार भीरको गोरेटोबाट अन्दाजी १० मिटर तल उनको शव फेला परेको थियो । मृतक घिसिङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिए ।