सांकेतिक तस्वीर

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले मास्क लगाएर हिँड्न आग्रह गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको मास्क अनिवार्य रहेको भन्दै उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी घरबाट निस्कँदा अनिवार्य रुपमा मास्क लगाएर हिँड्न आग्रह गरेको हो ।

जारी सूचनामा स्थानीय तहको आग्रहललाई उलंघन गरेको पाईएमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ । साथै, नियमित रुपमा साबुन पानीले हात धुन, सेनिटाईजरको प्रयोग गर्न, भिडभाड नगर्न पनि उपमहानगरपालिकाले सर्वसाधारणमा सूचित गरेको छ ।

कोभिडको संक्रमणलाई न्युनीकरण गर्न सरकारले देशको सबै (७७) जिल्लामा घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नीति लागु गरेको छ । बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको दाबी गरेको छ ।