हेटौंडाः लियो क्लब अफ हेटौंडा भुटनदेविले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ का करिब १४ परिवारलाई क्लबले एक बोरा चामल, दाल, नुन सहयोग गरेको हो ।

लियो क्लब अफ हेटौंडा भुटनदेविको अध्यक्ष मनोज चौलागाईंको अध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका कोषाध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । लियोले गरेका कार्यको प्रशंसा गर्दै प्रमुख अथिति श्रेष्ठले शहरकेन्द्रित लियो भइरहँदा गाउँकेन्द्रित लियोको सेवा हुनु खुसीको कुरा भएको बताए । जहाँ समस्या त्यहाँ लियो लायन्स पुग्न आग्रह गर्दै उनले यस्ता कार्यमा जिल्ला परिषद्ले सदैव साथ दिने बचन दिए ।

लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन ६ का रिजन चियर पर्सन रुपक कालिराजले लियो अब गाउँ केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे । उनले विगतमा शहर केन्द्रित कार्यक्रमहरु भईरहँदा अबका दिनमा लियो गाउँगाउँ छिर्नुपर्ने बताए । मकवानपुरगढी गाउँपालिकाका कृषक तथा लियो क्लबका एमसि चियर पर्सन विजय बजगाईंको विशेष सहयोग तथा लियो क्लबको समन्वयमा खाद्यान्न वितरण गरिएको लियो क्लब अफ हेटौंडा भुटनदेविको अध्यक्ष मनोज चौलागाईंले जानकारी दिए ।

कार्यक्रममा समृद्ध टोल विकास समितिका अध्यक्ष बुद्धि प्रसाद दाहाल, समाजसेवी पार्वती बजगाईं, लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका एरिया २ को एरिया चिफ सुशान्त खतिवडा, समाजसेवी केदार बजगाईं लगायत सहभागी थिए ।