सांकेतिक तस्वीर

हेटौंडाः अविरल वर्षासँगै परेको चट्याङका कारण बुधबार राती बकैया गाउँपालिका–२ मा २ जनाको मृत्यु भएको छ, भने १ जना घाईते भएका छन् । चट्याङका कारण बकैया–२ की सम्झना घिसिङ र बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । प्रहरीका अनुसार चट्याङका कारण बकैया–२, कै किरण जिम्वा घाइते भएका छन् ।

बुधबार राती अन्दाजी पौने ९ बजे बजे परेको चट्याङबाट बकैया गाउँपालिका–२ कालापानीकी अन्दाजी १७ वर्षीय सम्झना घिसिङको मृत्यु भएको हो । उनका बुबा बुद्ध घिसिङले दिएको जानकारी अनुसार आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागि सम्झनाको घटनास्थलमै मृत्य भएको हो । साथै, सोही स्थानकी अन्दाजी २५ वर्षीय बिना घिसिङको पनि चट्याङका कारण मृत्यु भएको छ । चट्याङ लागि घाइते भएकी उनको बकैया–२ स्थित दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको उनका श्रीमान् आषा लाल घिसिङले बताए ।

चट्याङका कारण सोही ठाउँका १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी उनी घाइते भएको र दोभान स्वस्थ्य चौकीमा उपचार भइरहेको उनका बुबा पुर्ण बहादुर जिम्वाले जानकारी दिए । उनको अवस्था अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बकैया गाउँपालिकाले चट्याङको प्रभाव कम गर्न वडा वडामा कार्यक्रमहरु लागु गर्ने योजना बनाइरहँदा चट्याङका कारण मानिसको मृत्यु भएको हो । चट्याङ प्रभावित क्षेत्रका रुपमा चिनिने बकैयामा चट्याङका कारण वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको छ ।