हेटौंडाः बहुचर्चित र विवादित बनेको एमसीसी पारित गर्न नहुनेमा बौद्धिक मञ्च मकवानपुरले जोड दिएको छ । मञ्चले शुक्रबार विज्ञप्ति जारी गर्दै संसदबाट एमसीसी पास गर्न नहुनेमा जोड दिएको हो ।

यसबारे चर्चा भइरहेको सन्दर्भमा मञ्चका अध्यक्ष विमल केशरी पौडेलले हस्ताक्षर गरी आज जारी एक विज्ञप्तिमा देशलाई अहित हुने एमसीसी कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने उल्लेख गरिएको छ । मुलुकलाई हानी गर्ने भएकोले नेपाल सरकारले यस सम्बन्धमा सोच्न जरुरी रहेको र एमसीसी पारित गर्न नहुने कुरा मञ्चले यसअघि पनि उठाउँदै आएको छ ।