सांकेतिक तस्वीर

हेटौंडाः हेटौंडा उपमहानरपालिका-७ न्युरेनीमा आज बिहिबार मोटरसाईकल दुर्घटना हुँदा पूर्व डिएसपीको मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डीएसपी जित बहादुर थापाको दुर्घटनामा परि निधन भएको हो ।

हेटौंडाको पूर्वी क्षेत्रबाट बुद्धचोकतर्फ आउँदै गरेको ना १२ प ५७७३ नम्बरको मोटरसाईकल न्युरेनीमा दुर्घटना हुँदा घाईते भएका थापाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । रुपन्देही स्थायी घर भई हेटौंडा ४ बस्दै आएका थापाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।