सांकेतिक तस्वीर

नेपालमा बिहिबार एकैदिन थप ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

कोरोनाबारे जानकारी दिन सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । गएको २४ घण्टामा थप ३३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।