सांकेतिक तस्वीर

शनिबार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सं‌क्रमितको संख्या ५८४ पुगेको छ ।

शनिबार अपरान्ह पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको ६१औं दिन शनिबार साँझसम्म ४५ हजार ९५९ जनाको परीक्षण हुँदा ५८४ जना संक्रमित फेला परेका छन् । जसमध्ये ७० जना निको भई घर फर्किएका छन्, भने ३ जनाको मृत्यु भएको छ ।