पूजा फुयाँल/म एक दुर्गम जिल्ला सोलुखुम्बुबाट जिबन यात्रा सुुरु गरेर आज यो समयसम्म तितामिठा अनुभव संगाल्दै अनेकौ सपना बोक्दै अगाडि लम्कने कोशिसमा छु। पारिवारिक प्रभावका कारण सकारात्मक सोँचको साथ सानै उमेरमा राजनीतिक आस्था बोकेर हिँडेकि छु र आफ्नो तर्फबाट जानेको बुझेको कुराहरू लेख्दैछु ।
आज देश विभिन्न कुराबाट दुख्दै छ । एकतिर कोरोनाको चपेटामा छौँ भने अर्कोतिर हाम्रो मातृभूमि अरुकसैले कब्जा गर्दैछ । तर, यस्तो अवस्थामा पनि हाम्रो देश हामीले आशा राखेका हामी सबैका अभिभावक अग्रजहरु राजनीतिक खिचातानी र पदीयमोह सँगै भ्रष्टाचार मै व्यस्त भएको देखिन्छ। मानिस जबसम्म स्वविबेकशिल हुँदैन वा व्याक्ती व्याक्ती सचेत र शिक्षित त्यो पनि नैतिक शिक्षा र व्यहारिक शिक्षाबाट हुँदैन तबसम्म हामीले कल्पना गरेको देश बन्ने छैन। लकडाउन लहडी खेल होइन। यो अति जटिल संक्रमणको व्यस्थापन भएको हुँदा अनावश्यक दुरुपयोगका कारण पोज र रवाफ देखाउने माध्यम नबनाउन एकदमै ध्यान दिन जरुरी छ । अर्को कुरा कोरोना रोकथामको उपाय लकडाउन मात्र होइन । लाखौंको सङ्ख्यामा देश बाहिरबाट नेपाल भित्रिएका नागरिकाहरुको स्वास्थ्य जाच खै? क्वारेन्टाइनमा बसेकोहरुको स्वास्थ्य जाँच तथा सुरक्षा खै? यो अन्य विकसित राष्ट्रहरुबाट पनि सिक्नु पर्ने कुरा हो ।
हामी किन त्रसित छौ र सजग रहेको देखिँदा देखिँदै पनि समस्या बढ्दै छ भने त्यो चेतना र शिक्षाको कमी हो। विकसित राष्ट्रहरुलाई अध्ययनको विषय बनाएर हेर्दा त्यहाँको सूचनाको प्रवाह र सचेत जनता हुनुको कारण मानिसहरु आफ्नै स्वविबेकले संम्यम रहेर आफ्नो दैनिकी चलाएको पाएँ । त्यैसैगरी हामी पनि स्वविवेकवान कहिले बन्ने पहिला नेतृत्वपङ्तीबाट नै हामीलाई यस्ता कुराको प्रेरणा गरियोस् ।
पद, पावर, पैसा समेत खर्च गरेर संबेदनशिल अवस्थामा पासको दुरुपयोग स्वास्थ्य सामग्री अभाव एम्बुलेन्सको प्रयोग तस्करी हुनु । मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि निराशाको विषय हो। सरकारको फजुल खर्च र तडकभडक खर्च नियन्त्रण गर्ने बेला यही नै हो। कुइएको एकबोरा चामलमा राजनीति गर्नेहरुलाई के थाहा दिनदिनै ज्याला मजदुरी गरेर छाकटार्नु को पीडा । त्यैसैले राहतलाई वास्तविक पीडित समक्ष पुर्याउन स्थानीय तहलाई नै बढी जिम्मेवार बनाउनु पर्ने देखिन्छ।
समस्यासँग लड्नु नै जीत हो तर हरेक कुराको असर हामीले पुर्व अनुमान र मुल्यांकन गर्न जरुरी छ। सिमामा रहेका नेपाली र विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित र आवश्यक सहयोग गर्ने जिम्मा राज्यको हो । यसको समाधान कसरी हुँदै छ होला? लकडाउनका कारण अस्तव्यस्त बनेको विभिन्न व्यापार व्यवसाय जनजीवनसँगै विभिन्न क्षेत्रहरु कृषि पर्यटन जस्ता देशका प्राथमिकताका क्षेत्र उकास्न र सहज बनाउन के कस्ता योजना आउँदै होलान् ? अनि जनजीवन कसरी सहज होला यस्ता कुराहरु सहित राज्यले सबैलाई अनुभूती गराउने गरि राज्यको क्षमताको आधारमा जनताले निस्वार्थ बनेर साथ दिने खालका योजनाहरु सहित भोलिको हाम्रो सपना र राष्ट्र निर्माणको लागि कोरोनाले पाठ सिकएको सम्झँदै त्यसको सहजीकरण हुन साथ हामी परोपकारी र विवेकवान राष्ट्र निर्माणमा लाग्नको लागि म र मेरो मन अति नै आतुर छु । (लेखक नेपाल विद्यार्थी संघमा आबद्ध छिन् ।)