सांकेतिक तस्वीर

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएपछि कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो । गुल्मी मदाने गाउँपालिका ६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार बिहान मृत्युवरण गरेका संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । सुरूमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो ।