सांकेतिक तस्वीर

नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा.समिरकुमार अधिकारीका अनुसार वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पुष्टि भएको हो ।

यसअघि प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हिजो साँझ सार्वजनिक गरिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ, भने तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ ।