राहुल गुप्ता/बाराः मानवीय सेवामा समर्पित रहेकी महेश्वरी कुँबरलाई हिरो अवार्डबाट सम्मानित गरिएको छ । नेपाल बिद्यार्थी संघको महामन्त्री रहेकी कुँबरलाई अवार्डबाट सम्मान गरिएको हो ।

मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भन्दै संघको महामन्त्री तथा पशुपति अन्नपूर्ण आश्रम नेपाल राष्ट्रिय समिति पाल्पा जिल्ला शाखाका सभापति कुँबरलाई अमेरिकाबाट अवार्ड प्रदान गरिएको हो।

कुँबरले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला पाल्पा लगायत नेपालका विभिन्न जिल्लामा खाद्यन्न, लत्ताकपडा वितरण गर्ने गर्छिन् । कोरोना भाईरसले बिश्वलाई नै आक्रन्त बनाएको बेला जनचेतना फैलाउँदै उनले मास्क, खाद्यान्न लगायत आवश्यक वस्तुहरु सहयोग गरी सेवा दिने गरेकी छन् ।