अनिल पराजुली/कतारः कतारमा आज १६ सय ३७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनाको जाँच गर्दा १६ सय ३७ नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै कतारमा संक्रमितको संख्या ३५ हजार ६ सय ६ पुगेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या
प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ हजार ६ सय ३४ जना निको भएर घर फर्किएका छन् । आज मात्रै ७ सय ३५ जना संक्रमित निको भएर फर्केका हुन् । निको हुनेको संख्या आजको सबैभन्दा धेरै रहेको छ ।
२९ हजार ९ सय ५७ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ६६ हजार १ सय ८२ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
कतारमा कोरोना संक्रमित मध्ये १ हजार ४ सय ५२ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा २ सय २१ जना अस्पताल भर्ना भएका छन् । त्यस्तै आइसियूमा राखेर १ सय ६३ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा २४ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ । कतारमा कोरोना भाइरस संक्रमणका कारण १५ जनाको मृत्यु भईसकेको छ ।
कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित
मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।