राहुल गुप्ता/बाराः बाराको कलैया उपमहानगरपालिका ३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा ५० शैय्याको अस्थायी कोरोना बिशेष अस्पताल निर्माण हुने भएको छ ।

सर्वदलीय बैठकले कलैया अस्पतालको सट्टा तालिम केन्द्र र कलैया उपमहानगरपालिका ५ स्थित सिंचाइ डिभिजनको भवनमा अस्थायी कोरोना विशेष अस्पताल निर्माण गर्ने निर्णय भएको हो । आज जिल्ला प्रशासन कार्यालयमा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कलैया जिल्ला अस्पतालको सट्टा तालिम केन्द्रमा अस्थायी कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

तालिम केन्द्रमा अस्थायी कोरोना बिशेष अस्पताल बनाउने कार्य भोलिदेखि नै शुरु गरिने जनाइएको छ । अस्थायी कोरोना बिशेष अस्पतालको निर्माण कार्य कलैया उपमहानगरपालिकाको आर्थिक सहयोगमा भोलिदेखि नै शुरु गरिने उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले जानकारी गराए । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितको अध्यक्षतामा बसेको बैठकले कलैया उपमहानगरपालिका ५ स्थित सिंचाइ डिभिजनको खण्डहर भवनमा समेत प्रदेश सरकार र कलैया उपमहानगरपालिकाको संयुक्त लागतमा ५० शैय्याको अस्थायी कोरोना बिशेष अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख यादवले जिल्ला अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय सच्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख यादवको बिशेष पहलमा शैक्षिक तालिम केन्द्र र सिंचाइ डिभिजनको भवनमा अस्थायी कोरोना बिशेष अस्पताल निर्माण गर्न लागिएको हो । जिल्ला अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेपछि यादव सहित विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताले विरोध जनाएका थिए । शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना बिशेष अस्पताल निर्माण हुने बित्तिकै कलैया अस्पतालको आईसोलेशनमा रहेका बिरामीलाई सारिने छ ।

बैठकमा विभिन्न स्थानीय तहका प्रमुख, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख, कलैया अस्पतालका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ बैठकको निर्णयहरुः