विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी लकडाउनका कारण कमला नदीको बगरमा फलफुल र तरकारी खेति गर्दै आएको किसानको लाखौंको लागत डुब्न लागेको भन्दै सांसद दिलीप साहले बजार व्यवस्थापनको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै २ नम्बर प्रदेश सभा सदस्य यादवले संघ, प्रदेश र सम्बन्धित स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सिराहा जिल्लाका कमला नदीसँग जोडीएका विभिन्न नगरपालिकाका किसानहरु कमला नदीको बगरमा फलफुल तथा तरकारी खेति गर्दै आएको र उनहरुले हजारौं बिगाहामा लगाएको कृषि उपजको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने सांसद साहको माग छ ।

‘कर्जन्हा, कल्याणपुर ,सिराहा लगायत नगरपालिकाका किसानहरुले लगाएको तरबुजा, काँक्रो, करेला लगायत फलफूल तथा तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ । यस क्षेत्रमा उत्पादित वस्तु काठमाडौं र पुर्ब इटहरी पुग्ने गरेकोमा यसवर्ष लकडाउनका कारण बिक्री गर्न सकिएको छैन । किसानको मेहनत र लगानी र खेतमै नष्ट हुने जोखिम बढेकोले यसतर्फ सरकारले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सांसद साहको विज्ञप्तिमा जनाइए अनुसार कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा तरबुजा, काँक्रोको खेती भइरहेको र खेति नस्ट हुने स्थितिमा छ । ‘उक्त लगानी डुब्ने हो भने किसानहरुले श्रणको भारी बोक्नुपर्ने हुन्छ । संघीय सरकार, प्रदेश सरकार लगायत सम्बन्धित सबै तहसँग समयमै बजार ब्यबस्थापन गरी क्षतिको हिसाबले राहत उपलब्ध गरिदिन जोडदार माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।