विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन माग राख्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालयहरुले अनलाइन पठनपाठन सुरु गरेका बेला संघले निशुल्क इन्टरनेट सेवाको पहल गर्न आज नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुगांनाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको भन्दै सबै विद्यार्थीको पहुँचका लागि इन्टरनेट सुविधा निशुल्क गरिनुपर्ने उल्लेख छ ।