राहुल गुप्ता/बाराः बाराको देवताल गाउँपालिकाले स्थानीय क्यान्सर पीडित बिशाल महतोलाई अस्पतालसम्म जान एम्बुलेन्स नदिएको गुनासो पीडित परिवारले गरेका छन्।

देवताल गाउँपालिका–७ निवासी बिशाललाई भरतपुर क्यान्सर अस्पताल लैजान एम्बुलेन्स माग गरिए पनि गाउँपालिका अध्यक्ष चन्दन सिंह र निमित्त कार्यकारी प्रमुखले वास्ता नगरोको पीडित परिवारको गुनासो छ । चन्दन सिंह समाजवादीका अध्यक्ष हुन् ।

आफ्नै गाउँपालिकाले उनलाई एम्बुलेन्स नदिएपछि बाराकै महागढीमाई नगरपालिकास्थित कांग्रेसबाट निर्वाचित मेयर उपेन्द्र यादवले उनलाई एम्बुलेन्स उपलब्ध गराएका थिए। जसबाट शनिबार उनलाई भरतपुर क्यान्सर अस्पताल लगिएको थियो। उनी समस्यामा परेको थाहा पाएपछि महागढीमाई नगरपालिकाका मेयर यादवले एम्बुलेन्स उपलब्ध गराएको नेपाल विद्यार्थी संघ बाराका नेता समिर हुसैनले जानकारी दिए ।