हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–७ र हेटौंडा उपमहानगरपालिका–१४ मा लकडाउनको अवधिमा २ जोडीको बालबिबाहमा रोकिएको छ । आज शुक्रबार हुन लागेको सो बिबाहबारे जानकारी भएपछि स्थानीय, प्रहरी र अभियानकर्मीको पहलमा रोक लगाइएको हो ।

गढी गाउँपालिका–७ की १४ वर्षीया बालिका र सोही गाउँपािलका–२ का १७ वर्षीय बालकबीच बिबाह हुन लागेको थियो । त्यस्तै हेटौंडा उपमहानगरपलिका–१४ की १५ बर्षीया बालिका र वडा न १३ का र्१९ वर्षीय बालकबीच बिबाह हुन लागेको छ । हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्काको अग्ुवाइमा मयुरधाप अस्थायी प्रहरी बिटका इन्चार्ज साजन कुमार शर्मा, सिविन बाल हेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत सम्झना अधिकारी र बालबालिका दुबै पक्षका अभिभावक तथा आफन्तको रोहवरमा बालविवाहलाइ रोक लगाइएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

त्यस्तै गढी गाउँपालिका–२ का वडा अध्यक्ष बखन सिंह पाख्रिनको अगुवाइमा गढी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, बाल हेल्पलाइनकी कार्यक्रम अधिकृत सम्झना अधिकारी सम्बन्धित अभिभावक, बालबालिका, आफन्त तथा सरोकारवालको रोहवरमा छलफल गराई त्यहाँ हुन लागेको विवाह रोक्न सफल भएको बालबालिका शाखा प्रमुख मन्दिरा थापाले जानकारी गराइन् ।
छुट्टाछुट्टै भएको छलफलमा बालविवाह, यसका कानुनी प्रावधान, सचेतना तथा स्थानीय तहको बालमैत्री अभियानमा बालविवाहले पार्ने असर तथा चुनैतीका बारेमा उपस्थित सबैलाइ जानकारी गराइएको बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।

दुबै जना बालिकाहरुलाई थप परामर्शको केही दिन बालहेल्पलाइनको संरक्षणमा राखिएको छ । सिविन नेपालले संचालन गरेको बालहेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा बालविवाह हुन लागेको भन्ने सूचना प्राप्त भएपछि सो अभियान थालिएको हो । बालहेल्पलाइनको सन् २०२० जनवरी देखि हालसम्मको रेकर्ड हेर्दा हेल्पलाइनले जम्मा २६ वटा बालविवाहकै मात्र समस्या सम्बोधन गरेको हेल्पलाइनले जनाएको छ ।