हेटौंडा/स्थानीय सरकारले वडा कार्यालयहरुमार्फत पहिलो चरणमा बितरण गरेको खाद्यान्न सकिएर समस्यामा परेका १ सय २२ मजदुर परिवारलाई युवा व्यवसायी योग्यराज सापकोटाले खाद्यान्न वितरण गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा रहेका मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

व्यवसायी सापकोटाले खाद्यान्न सकिएर समस्यामा परेका मजदुर परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, आलु लगायतको सामग्री वितरण गरेका हुन् । खाद्यान्न सकिएर चुल्हो बल्न छोडेको सूचना पाएको स्थानहरुमा पुगेर खाद्यान्न बितरण गरेको उनको बताए ।