हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले लकडाउनको पूर्ण रुपमा पालना गरी घरमै सुरक्षित भएर बस्न आम नागरिकमा आग्रह गरेको छ । पार्टीको आज मंगलबार बसेको कार्यालय बैठकपछि विज्ञप्ती जारी गर्दै सबैमा यस्तो आग्रह गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले आह्वान गरेको दुई साताभन्दा लामो लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई धन्यवाद दिँदै अझै पनि यसरी नै सुरक्षित रहन सो पार्टीले आग्रह गरेको छ ।

आगामी दिनमा पनि सरकारले थप गरेको लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीले हस्ताक्षर गरेको विज्ञप्तिमा अहिलेको कठिन अवस्थामा पनि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद दिइएको छ ।

लकडाउन कार्यान्वयनको पक्ष अत्यन्त महत्वपूर्ण रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारले घोषणा गरेको लकडाउन तेस्रो चरणमा प्रवेश गरेको छ, भने दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सबैले सहयोग गर्नका लागि नेकपा मकवानपुर हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तिमा कोरोनाको सुरक्षाका लागि गुणस्तरीय सामाग्री यथाशिघ्र उपलब्ध गराउन तीनै तहका सरकारसँस आग्रह गरिएको छ।

लकडाउनका कारण खान नपाएर कोही कसैलार्ई पनि समस्या हुन नदिन स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत खाद्यान्न वितरण वितरण गर्नका लागि पार्टीले अनुरोध गरेको छ । यो लकडाउनको अवधिमा आफ्नो छरछिमेकमा हुनेले सहयोग गर्ने परिपार्टीको विकास गर्न अनुरोध समेत गरिएको छ ।

अहिले कोरोना भाइरसको त्रासका कारण अन्य बिरामीको उपचार नपाइरहेको गुनासो आएकाले अहिलेको समयमा कोही पनि उपचार पाउने अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने आग्रह पनि गरिएको छ । नेकपाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राहत वितरण गर्दा वैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्र वितरण गर्न अनुरोध गर्दछौं ।’ अहिले खेती लगाउने समय भएकाले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ बिजन, खाद्य पदार्थ उपलब्ध गराउन स्थानीय तहले सहजीकरण गर्नका लागि पार्टीले स्थानीय सरकारसँग आग्रह गरेको छ ।

उक्त पार्टीले जारी गरेको विज्ञप्ति यस्तो छः