राक्सिराङमा खाद्यान्न वितरण गरिँदै ।

हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी राक्सीराङ गाउँपालिकाले विपन्न समुदायका स्थानीयलाई खाद्यान्न वितरण गरेको छ । पार्टी कमिटीको तर्फबाट गाउँपालिकाले स्थापना गरेको कोभिड १९ कोराना विपद् व्यवस्थापन कोषमा २ लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

अधिकांश गरिब, मजदुर बसोबास गर्ने राक्सीराङ गाउँपालिकामा कोरोना भाईरस बिरुद्ध सरकारले लकडाउन घोषणा गरेसँगै स्थानीय समुदाय संकट र अभाव नजिक रहेकोले सहयोग गरिएको नेकपाका जिल्ला सचिवालय सदस्य तथा राक्सीराङ गाउँ पालिकाका ईन्चार्ज बनस्तम थिङ्गले बताए । संकटकको यो घडीमा राजनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्ष नहुने भन्दै मानव संकटको विरुद्ध हातेमालो गरेर अगाडि बढ्नुपर्ने ईन्चार्ज थिङ्गले बताए ।

राहत हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ओम बहादुर घलान, संविधान सभा सदस्य राजाराम स्याङ्तान, गोबिन्दराम चेपाङ, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला कमिटी सदस्य सुन्तली चेपाङ गाउँपालिका अध्यक्ष हस्तबहादुर मोक्तान, गाउँपालिका नेता बाबुलाल स्याङ्तान, सन्जय कोईराला, चन्द्र सिंह प्रजा लगायतको उपस्थिती रहेको थियो ।