आरती भण्डारी/कमरेडहरु हाम्रा उद्देश्य एउटै,
हाम्रा नारा र एजेन्डा एउटै,
हाम्रो चुनाव चिन्ह एउटै,
अनि हाम्रो वर्ग र जात पनि एउटै,
हाम्रो यात्राको अन्तिम बिन्दु पनि एउटै।

पार्टीभित्र त कमरेडहरु १
हामीले गुट स्वीकार गर्यौं,
हामीले चुनाव स्वीकार गर्यौं,
हामीले आन्तरिक प्रतिस्पर्धा पनि स्वीकार्यौं ।

सबै मिलेर,
चुहिएका छाना टाल्नुपर्छ भन्यौं,
अविस्वासको पर्खाल ढाल्नुपर्छ भन्यौं,
जनतालाई आस्वासन दिलायौं,
घोषणा पत्र हात हातमा पुर्यायौं।
किन एकले अर्कालाई प्रत्तिस्पर्धामै सकाउँदै छौँ ?

अहिले गाउँ बस्तिका साना नानीहरुले
वृद्ध बा र आमाहरुले
पोषणयुक्त खाना खान पाउनुभएको छैन,
कत्तिलाई त कोरोनाबाट कसरी बच्ने नै थाहा छैन,

हामी त ती असहायका निम्ति
सारथि बन्नुपर्ने,
आवस्यक पिपिईको जोहो गरेर
स्वयम् सेवक बन्नुपर्ने,
मैदानमा उत्रिनुपर्ने ।

अहिले नगरे कहिले गर्ने ?
हामीले नगरे कस्ले गर्ने ?
हरेक नागरिकको प्रश्न यही छ,
हरेक जनताहरु आशाको नजर यतै लगाउँदै छन् ।
हामीतिरै हेरेर सहानुभूति माग्दैछन् ।

तर, हामीले ध्यान भङ्ग गर्न खोजेकै छैनौं
हामी त आफै–आफै लड्न व्यस्त छौं,
न हामीलाई समाजबाद सम्म यात्रा गर्नुपर्ने चिन्ता छ,
न जनतालाई दिएको वचन पूरा गर्ने चिन्ता छ ।

अब आँखा खोल्नुहोस् कमरेडहरु,
हामी डायनामिक बनौं,
निर्वाचन मुखी होईन
जनतामुखी बनौं। (कवि अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् ।)