राहुल गुप्ता/बारा: प्रदेश २ सरकारले कोरना विरामीको उपचारका लागि विहिबार बारामा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

भौतिक पुर्बाधार विकास मन्त्री जितेन्द्र सोनालद्वारा कलैया अस्पताललाई पिपिइ कीट ३० थान, ग्लब्स ४०० थान, माक्स १०० थान र जनस्वास्थ्य कार्यालय बारालाई पिपिइ कीट २० थान, ग्लब्स १०० थान र माक्स ५०० थान प्रदान गरेको हो ।

कलैया अस्पताल र जनस्वास्थ्य कार्यालयमा जम्मा पिपिइ कीट ५० थान, ग्लब्स ६०० थान र माक्स ६०० थान वितरण गरिएको छ । वितरण कार्यक्रममा जि.स.स बाराका प्रमुख नवल किसोर सिंह, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रूद्रप्रसाद पन्डित, प्रहरी प्रमुख कृष्णा पंगेनी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष किशोरी जैसवाल, अस्पतालको मेसु डा. बिरेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो ।