Photo: Google

दक्षिण अफ्रिकाकी वरिष्ठ एचआईभी वैज्ञानिक गिता रामजीको नोभेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दुर्बनस्थित एक अस्पतालमा मंगलबार उनको मृत्यु भएको बताइएको छ ।
औरुम इन्स्टिच्युटमा प्रमुख वैज्ञानिकका रुपमा कार्यरत प्रोफेसर रामजी मार्च मध्यतिर बेलायतबाट दक्षिण अफ्रिका फर्किएपछि बिरामी भएकी थिइन् । “उनले आफ्नो जीवनको लामो समय एचआईभी रोकथामका लागि समर्पण गरेकी थिइन्,” उनका साथी गाभिन चुर्चीयार्डले बीबीसीसँग भने ।

युएनएडका प्रमुख विनी ब्यानीमाले संसारलाई प्रोफेसर रामजीजस्तै मानिस खोजिरहेका बेला भएको उनको निधनले विश्वलाई ठूलो क्षति भएको बताइन् । ठूलो संख्यामा एचआईभी संक्रमित भएको दक्षिण अफ्रिका अहिले नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन साता लामो लकडाउनमा छ । – बीबीसी