राहुल गुप्ता/वीरगन्जः संघीय तथा प्रदेश सरकारले बेवस्ता गरेपनि २० घण्टामा २० शैयाको अस्पताल बनाउने कार्यमा पर्साका सांसद प्रदिप यादव लगेका छन् ।

मुलुककै पुरानो र मध्य तराईको सबैभन्दा बढी चाप भएको नारायणी अस्पताललाई संघीय र प्रदेश सरकारले बेवास्ता गरेपछि सांसद यादव बुधबार बिहानदेखि आइसोलेशन वार्ड बनाउने कार्यमा जुटेका हुन् । जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा करिब १० लाखको लागतमा २० शैयाको आइसोलेशन वार्ड स्थापना गर्ने कार्यमा सांसद यादव लागिपरेका हुन् ।

सर्लाहीदेखि पर्सा जिल्लासम्मको चाप रहेको अस्पतालमा ५ शैयाको आइसोलेशन वार्डले धान्न नसक्ने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि दाताहरुसँग अनुरोध गरेर आइसोलेशन वार्ड स्थापना गराउने कार्यमा जुटेको सांसद यादवले बताए ।

सरकारले वीरगन्जलाई बेवास्ता गरेपछि यहाँका जनताको ज्यान बचाउन सहयोगी मनहरुको अगाडी हात फैलाएको उनले बताए । सहयोगी मनहरुको आर्थिक सहयोगमा सक्दो छिटो आइसोेलेश वार्ड तैयार गरिने सांसद यादवको प्रतिबद्धता छ । यसपछि कारोना भाइरसको परीक्षणका लागि शुक्रबारदेखि सघर्षमा उत्रिने तयारीमा जुटको संचारकर्मीहरुलाई उनले बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजी अस्पतालहरुले ज्वरोका बिरामीको उपचार गर्न रोक लगाएपछि बिरामीको चाप बढेको बताए । भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकि देखिएपछि आइसोलशनमा राखिएको बताउँदै उनले वीरगन्जमा पनि कारोना परीक्षण उपकरणहरुको आवश्यकता रहेको बताए ।