हेटौंडा, फागुन २९
बागमती प्रदेशका ५० ओटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापकहरुका लागि विहिबार शिक्षा विकास निर्देशनालय हेटौंडाले अभिमुखीकरण तथा सम्झौता कार्यक्रम गरेको छ । ई–लाईब्रेरी, स्मार्टबोर्ड र आईसिटी ल्याव व्यवस्थापन सम्वन्धि अभिमुखीकरण गरेको हो ।

सामाजिक विकास मन्त्रालयको योजना आर्थिक वर्ष ०७५/७६ अनुसारका सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षाको विकास गर्ने रहेको थियो । यसै अनुसार निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षको सुरुमा नै विद्यालयहरुलाई आवेदन दिन अनुरोध गर्दै सुचना आह्वान गरेको थियो ।

निर्देशनालयको सुचना अनुसार विद्यालयहरुले आवेदन दिई छनोटमा परेका विद्यालयहरुलाई अभिमुखीकरण तथा योजाना सम्झौता कार्यक्रम राखेको हो । शिक्षा विकास निर्देंशनालयका प्रमुख चन्द्र प्रसाद लुईटेलको अध्यक्ष्यतामा भएको कार्यक्रममा अभिमुखीकरण निर्देशनालयका चन्द्रहरी सुवेदीले गरेका थिए ।