हेटौंडा,माघ २६
चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८०३ नाघेको छ भने ३४,४१२ जना संक्रमित भएका छन् । मृत्यु हुने ८०३ जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ । संक्रमितहरुको उपचारका लागि चीन सरकारले १००० सैयाँको हस्पिटल निर्माण गरी सोमबारदेखि सेवा दिएको बताइएको छ ।

त्यस्तै नयाँ हस्पिटलहरु निर्माणका लागि चीन सरकारले राति दिन कर्मचारीहरु खटाइरहेको छ । त्यस्तै चीनमा एक दिनमा नै २ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ । यो संख्या अझै बढ्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् । औषधी पत्ता लागेको खबर बाहिर आएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।