हेटौंडा, माघ ९
मकवानपुरको वकैयाँ गाउँपालिकाको धियालमा विहिबार सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here