लेखक सुशील मुडभरी/वागहरु उजाड्दै फूल टिप्छन् मानवहरु,
नाङ्गेझार पार्छन् फलफल दिने गुणी वोटहरुलाई
फुल्दो फुलको थुङ्गाहरु निमोठेर घर सिंगार्छन् मानवहरु
चोरेर, निमोठेर फूलहरु बर्साउछन् भगवानहरुको माथमा
पथ्थर झैँ गडगडाउँछन् फुलका थुङ्गाहरु ललाटमा
थङ्थिलो भएका छन् मुर्तिहरु

वागहरु उजाडेर व्यक्ति स्वार्थ भर्छन् मानवहरु
नेल हतकडी र सिकडी लगाएर थुन्दछन् भगवानहरु
मन्दिर निषेध गरेर घर घरमा भेटे ताल्चा मार्छन् मानवहरु
भगवानलाई सुरक्षा दिएको स्वाग रच्छन् मानवहरु
यो फूल नचढाउ, नउजाड वागलाई
श्रृष्टिको श्रृजना धान्ने छोरी पाउँदा दिक्क मान्ने
छोरा जन्मँदा भोज गर्छन् घमण्डी मानवहरु
तिनका घमण्डपूर्ण हातहरुले फूलहरु निमोठ्दै
धर्म कमाउन तिर्थ व्रत गर्छन् मानवहरु
छाउपडीलाई जातपात बचाउने भक्तिभाव सम्झिने
ती पापी सासु ससुराहरु

छोरी बुहारी मर्दा शोक मनाउँदैनन्, पछुताउँदैनन्
बरु ती रगतले लत्पतिएको ती फोहरी हातहरुले
भगवानको पाउमा फूल चढाउँछन् र गर्व गर्छन्
अन्धविश्वासी उचनिच जातपातका ठेकेदारहरु फूल छछ्र्रन् मन्दिरमा
तिनका फोहरी हातहरुले पोल्दैन होला र भगवानलाई
यो फूल नचढाउ छिया छिया नपार ती कलाकारको कलाकृतिलाई
नविगार पर्यावरण वातावरण सुगन्ध छर्न देउ फूललाई
फूल्दो फूलले वागहरु झल्माउँछन्, पुतलीहरु रमाउँछन्

भनिन्छ, सेतो फूलले सुगर भगाउँछ,
निरोगी बनाउँछ सबै मानवलाई
हरियो फूल हेर्नाले आँखा ज्योति बढाउँछ,
नीलो फूलले शान्तिको भाव जगाउँछ
रातो फूलले रजवीर्य शक्ति वढ्दछ, बढाउँदछ
यस्ता उपकारी फूल निमोठेर कस्तो आस्था पाउँछौं,
कुन भगवान जगाउँदछौं
ननिमोठ फूललाई, नउजाड वागलाई,
यस्ता फूलले सजीव मुर्तिहरु रमाउलान् र ?
ननिमोठ फूललाई, जउजाड वागलाई
भो फूल नचढाउ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here